शिखर अर्गनाइजेसनको सबै कम्पनीकाे सम्पति रोक्का गरिने, अध्यक्ष केदार शर्मा फरार

<p>काठमाडौं । सहकारी विभागले शिखर अर्गनाइजेसन अन्तर्गत रहेका सबै कम्पनीका चल/अचल सम्पत्ति रोक्का गर्ने प्रकृिया अगाडि बढाएको छ । शिखर अर्गनाइजेशन अन्तर्गत रहेकाे शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकरर्ताको रकम फिर्ता नगरेपछि सरकारले शिव शिखर सहकारीको सबै सिस्टर कम्पनीहरुको चल/अचल सम्पत्ति रोक्का गर्ने प्रकृिया अगाडि बढाएको हो । सहकारी विभागले अब बचतकर्तालाई ढुक्क हुन पनि आग्रह गरेको [&hellip;]</p>

काठमाडौं । सहकारी विभागले शिखर अर्गनाइजेसन अन्तर्गत रहेका सबै कम्पनीका चल/अचल सम्पत्ति रोक्का गर्ने प्रकृिया अगाडि बढाएको छ ।

शिखर अर्गनाइजेशन अन्तर्गत रहेकाे शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकरर्ताको रकम फिर्ता नगरेपछि सरकारले शिव शिखर सहकारीको सबै सिस्टर कम्पनीहरुको चल/अचल सम्पत्ति रोक्का गर्ने प्रकृिया अगाडि बढाएको हो ।

सहकारी विभागले अब बचतकर्तालाई ढुक्क हुन पनि आग्रह गरेको छ ।  सहकारीसम्बन्धि विभिन्न गुनासो आएको र सञ्चालक नै फरार रहेकोल यो निर्णय लिनु परेको विभागका रजिस्ट्रार नमराज घिमिरेले बताए ।

‘यो सहकारीलाई विभिन्न समयमा सजग गराउन खोज्दा पनि सम्पर्कमा नआएकोले अब सबै सम्पत्ति रोक्का गर्ने प्रकृिया अगाडी बढाएका हाैं,’ उनले भने,’उनकी श्रीमती गिता शर्माले सम्पति बेचेर बिक्री गरेर बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्दता गर्नुभएकाे छ,’ उनले भने ।

शिखर अर्गनाइजेसनका अध्यक्ष केदारनाथ शर्मा लगायत सञ्चालक फरार छन् । शर्माले सहकारीका बचतकर्ताको रकम शिखर अर्गनाइजेसनका कम्पनीहरुमा लगानी गरेका छन् । यस सहकारीमा १० अर्ब बचत छ । सोमध्ये १ अर्ब ९० सदस्यमा ऋण लगानी र ८ अर्ब ६० करोड सो सहकारीका विभिन्न सिस्टर कम्पनीहरुमा लगानी गरेको देखिएको बताए ।

शिव शिखर अर्गनाइजेशनको सम्पत्तिको लगत चेक गर्दा कुल साढे १० अर्ब सम्पत्ति रहेको र ४ अर्ब ४६ अर्ब बैंकबाट ऋण लिएको देखिएको छ । विभागले शर्मालाई १० दिनभित्र उपस्थित हुन ताकेता गरेको छ ।

Share News