सरकार र महावीर पुनबीच सम्झौता, वार्ता टोली बनाएर भोलिसम्म माग पूरा गर्ने

<p>काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सम्झौता भएको छ । आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा सरकार र पुनका तर्फबाट वार्ता टोली बनाउने र सोमबारभित्र सहमति गर्ने सम्झौता भएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा पुनसँग सरकारले वार्ता गरेको थियो । आविष्कारका क्षेत्रलाई बजेट बिनियोजन गर्नुपर्नेलगायत [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सम्झौता भएको छ । आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा सरकार र पुनका तर्फबाट वार्ता टोली बनाउने र सोमबारभित्र सहमति गर्ने सम्झौता भएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा पुनसँग सरकारले वार्ता गरेको थियो ।

आविष्कारका क्षेत्रलाई बजेट बिनियोजन गर्नुपर्नेलगायत माग राखेर पुन तीन दिनदेखि धर्नामा बसेका छन् ।

Share News