एमालेको युवा संगठनद्वारा प्रधानमन्त्री ‘प्रचण्ड’को पुत्ला दोहन

<p>काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दोहन गरेको छ । शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता, कार्यकर्ताहरुले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्री प्रचण्डको पुप्ला दोहन गरेको हो । त्यसक्रममा [&hellip;]</p>

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दोहन गरेको छ । शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता, कार्यकर्ताहरुले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्री प्रचण्डको पुप्ला दोहन गरेको हो । त्यसक्रममा उनीहरुले लडाकुको नाममा अर्बौ घोटला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए ।

अयोग्य लडाकुहरुको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधिबेहरी सृजना गरी सरकारलाई घुडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए ।

‘आम नेपालीहरुको छातीमा बज्रपात गर्दै देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बाै रकम खन्याउने, लडाकुको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौ घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ, यो अयोग्य लडाकुहरुको नाममा अर्बौ घोटला हुने गरी ल्याइएको कार्यविधि फिर्ता हुँदैन, खारेज हुँदैन, तबसम्म यो सरकारलाई हामीले आज ध्यानाकर्षण गराएका छौं, हिजो ज्ञापन पत्र बुझाएका थियौं । यदि यो कुचेष्टा अगाडि बढाउन खोज्यो भने देशभर आन्दोलनको आँधिबेहरी ल्याएर यो सरकारलाई घुडा टेकाउन राष्ट्रिय युवा संघ नेपाल जान्दछ’, उनले भने ।

राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार (हिजो) अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरुप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।

Share News