काठमाडौं । नेपालको पुर्वाधार विकासका लागि चिन सरकारले ८० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रबार अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भएको भेटमा चिनियाँ राजदूत छन् सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैया उपलब्ध गराउने बताए ।
साथै, टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले बताएको छ । मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको बताइएको छ ।
चिनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्राउने विषयमा पनि छलफल भएको थियो । मन्त्री डा.महतले चिनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने बताए । चिन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास राजदूत सोङले व्यक्त गरे ।