काठमाडौं । राष्ट्रिय सहकारी महासंघको सहकारी समस्या समाधान समितिले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेका सहकारीलाई २ वर्षको कुलिङ पिरियड दिनु पर्ने माग राखेको छ ।
समितिले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकारसमक्ष यस्तो माग राखेको हो ।शुक्रबार समितिले पत्रकार सम्मेलन गर्दै सरकारसमक्ष १३ बुँदे माग पेश गरेको हाे ।
समितिले बचतको सीमा २५ लाख हटनुपर्ने, अहिलेको सन्दर्भ ब्याजदर खारेज गरेर नयाँ लागू गर्नुपर्ने, राष्ट्रिय सहकारी बैंक मार्फत पर्ने परिचालन हुने गरी सहुलियत ब्याजदरमा ३ वर्षसम्मका लागि १० अर्ब रकम उपलब्ध गराउनु पर्ने लगायतको मागहरु राखेको छ ।