अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने व्यवस्था एमालेले गरेको हो : सांसद सापकोटा

<p>काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने कुरा आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा व्यवस्था भएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा समावेश गरेको कुरालाई नै वर्तमान सरकारले कार्यविधि बनाएको बताएका [&hellip;]</p>

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने कुरा आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा व्यवस्था भएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा समावेश गरेको कुरालाई नै वर्तमान सरकारले कार्यविधि बनाएको बताएका हुन् ।

उनले पौडेलले जारी गरेको बजेट वक्तव्यको बुँदा नम्बर १९ अनुसार सरकारले कार्यविधि बनाएको बताए ।

यस्तै, उनले दुई लाख रुपैयाँले मानिसको गुजारा नचल्ने भन्दै व्यवस्था परिवर्तनका लागि बन्दुक बोकेका लडाकुहरुको हुर्मत लिने काम नगर्न चेतावनी दिए । ‘व्यवस्था परिवर्तनका लागि लडेका लडाकुहरुलाई अपमान गर्ने छुट कसैलाई छैन,’ उनले भने ।

उनले वर्तमान सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिन लागेको भन्दै संसद र देशलाई नै भ्रमित तुल्याउन खोजिएको बताएका छन् ।

Share News