पोखरा, १५ बैशाख । एनएमबि लघुवित्त वित्तीय संस्थाको १० औं बार्षिक साधारण सभा आज पोखरामा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बाले पेश भएको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो ।
सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजी ६५,५८,६२,८६२.००। रुपैयाँ (अक्षरुपी पैसठी करोड अन्ठाउन्न लाख बैसठी हजार आठ सय बैसठी रुपैयाँ मात्र) को १० प्रतिशतले हुन आउने रकम ६,५५,८६,२८६.२० रुपैयाँ (अक्षरुपी छ करोड पचपन्न लाख छयासी हजार दुई सय छयासी रुपैयाँं बिस पैसा) बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव समेत पारित भएको बताइएको छ ।
साधारण सभामा संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना सम्वन्धी संस्थाको प्रवन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित भएको जनाइएको छ ।