
काठमाडौं । वैशाख २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा दरबारमार्गको होटल याक एण्ड यती उक्त सम्मेलन हुने लागेको हो ।
आर्थिक एवं बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशाका बारेमा बहुपयोगी भिजन डकुमेन्ट तयार गर्ने र नेपाल सरकार तथा सरोकारवाला निकायहरूसमक्ष बुझाउने उद्देश्यका साथ सम्मेलन हुने लागेको सिबिफिनका अध्यक्ष पवन गोल्यान बताए ।
सम्मेलनमा आयात घटाउने आन्तरिक उत्पादनको वृद्धि गरी निर्यात गर्ने विषयमा पनि छलफल हुने बताउँदै उनले भने, ‘हामीले अब नेपाल सरकारलाई घचघच्याएर मात्र हुँदैन, सरकारलाई निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाले बाटो देखाउनु पर्यो, सबैले सहकार्य गरेर एउटा रोड म्याप बनाइदियो भने अर्थतन्त्र सुधारमा सहज हुने कुरालाई मध्यनजर गर्दै सम्मेलन गरेका हौं ।’
चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य अनुसारको राजस्व संकलन नभएको, पूँजीगत खर्च अपेक्षित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको र त्यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव परेको कुरालाई पनि सम्मेलनमा छलफल गरिने बताइएको छ ।
यस्तै, सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोज बहादुर शाहले अर्थतन्त्रलाई स्वलभ तर्फ अग्रसर बनाउनको लागि सबैले आआफ्नो क्षेत्रबाट विषय बस्तुको उठ्न गरी अगाडि बढुन् पर्छ भनेर सम्मेलन आयोजना गरेको बताएका छन् ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तालिका रहेको छ ।
अर्थतन्त्रका वर्तमान चुनौति तथा समृद्धिको मार्गचित्रका विषयमा हुने रहेको उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार(विमर्श हुने पनि सबिफिनले बताएको छ ।