सरकारबाट समर्थन फिर्ता लिने सम्भावना बढेको छ : रवि लामिछाने

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनियुक्त सांसद रवि लामिछानेले सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि पत्रकारको प्रश्नको उत्तर दिने क्रममा उनले सरकारले आफ्नो एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएको भन्दै समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको बताएका हुन् । सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको हो रु भन्ने पत्रकारले सोधेको प्रश्नको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनियुक्त सांसद रवि लामिछानेले सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि पत्रकारको प्रश्नको उत्तर दिने क्रममा उनले सरकारले आफ्नो एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएको भन्दै समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको बताएका हुन् ।

सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको हो रु भन्ने पत्रकारले सोधेको प्रश्नको जवाफमा दिँदै उनले भने,’त्यस्तो सम्भावना बढी देखिन्छ, कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने विषय थियो, सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी यो विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ ।’

Share News