काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीलाई सम्मान गरेको छ । बैंकले आफ्नो ६८ औं वार्षिकोत्सवको अवसरमा कनेक्ट आइपीएस प्रणालीलाई सम्मान गरेको हो ।
नेपालको विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै राष्ट्र बैंकले कनेक्ट आइपीएसलाई सम्मान गरेको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युत्तीय भुक्तानी प्रवद्र्धन वर्षको रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुलाई राष्ट्र बैंकले सम्मान गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को चैत्र मसान्तसम्म कनेक्ट आइपीएस मार्फत २८.४९ खर्बको कारोबार फर्छ्यौट गरेको छ ।