काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा साढे १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष थापाले १५ लाख ३७ हजार ३४० रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।
थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरणानुसार सवारी साधनमा २ लाख रुपैयाँ, सम्पर्क कार्यालय सञ्चालनमा ३ लाख लाख रुपैयाँ, गोष्ठी, अन्तरक्रिया शीर्षकमा २ लाख रुपैयाँ, प्रतिनिधि परिचालनमा ४ लाख रुपैयाँ, प्रचारप्रसार सामग्रीमा १ लाख ७७ हजार ९ सय रुपैयाँ र प्रचारप्रसारका लागि छापा एवं विद्युतीय माध्यममा २ लाख ५९ हजार ४४० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।