आइएमईले भित्र्यायो सबैभन्दा धेरै रेमिट्यान्स, बैंकमा हिमालयन अगाडि

<p>काठमाडौं । गत आर्थिक वर्षमा बिप्रेषण कम्पनीहरुमा सबैभन्दा धेरै रेमिट्यान्स आइएमई लिमिटेडले भित्र्याएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइएमई एक्लैले ३१.१२ प्रतिशत रेमिट्यान्स भित्र्याएको थियो । त्यस्तै, सिटी एक्सप्रेसले १४.९२ र प्रभु मनि ट्रान्सफरले १०.९१ प्रतिशत रेमिट्यान्स भित्र्याएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा बैंकहरुतर्फ हिमालयन बैंकले सबैभन्दा धेरै १६.९० प्रतिशत रेमिट्यान्स भित्र्याएको थियो [&hellip;]</p>

काठमाडौं । गत आर्थिक वर्षमा बिप्रेषण कम्पनीहरुमा सबैभन्दा धेरै रेमिट्यान्स आइएमई लिमिटेडले भित्र्याएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइएमई एक्लैले ३१.१२ प्रतिशत रेमिट्यान्स भित्र्याएको थियो ।

त्यस्तै, सिटी एक्सप्रेसले १४.९२ र प्रभु मनि ट्रान्सफरले १०.९१ प्रतिशत रेमिट्यान्स भित्र्याएका थिए ।

त्यस्तै, गत आर्थिक वर्षमा बैंकहरुतर्फ हिमालयन बैंकले सबैभन्दा धेरै १६.९० प्रतिशत रेमिट्यान्स भित्र्याएको थियो । नेपाल एसबिआई बैंकले १६.७७ र ग्लोबल आइएमई बैंकले १५.६५ प्रतिशत रेमिट्यान्स भित्र्याएका थिए ।

नेपाल राष्ट्र बैंकले धेरै रेमिट्यान्स भित्र्याउने कम्पनीहरुलाई बिहीबार ६८औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ ।

Share News