काठमाडौं । नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबीच व्यक्तिगत रुपमा द्वन्द्व बढेको राष्ट्र बैंक नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष राजिव शर्मा रेग्मीले बताएका छन् ।
बिहीबार नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंक र अर्थमन्त्रालयबीच व्यक्तिगतभन्दा पनि रचनात्मक द्वन्द्व हुन जरुरी रहेको बताए ।
यस्तै, उनले कर्मचारीको अभिवृद्धमा राष्ट्र बैंकले कमजोर व्यवस्थापन गरेको आरोप लगाए ।नेपाल रास्ट्र बैंक कर्मचारी बिनिमयावली एकतर्फी रुपमा संशोधन गरिएको बताउँदै उनले भने ‘राष्ट्र बैंकविरुद्ध पहिलोपटक आन्दोलन भएको छ, राष्ट्र बैंक यस विषयमा चुकेको छ ।’
उनले राष्ट्र बैंकले समयमा नीति निर्देशन परिमार्जन गर्न नसके झनै समस्या आउने बताए ।