
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो गर्ने विषयमा राष्ट्र बैंकको नेतृत्वलाई आग्रह गरेको बताएका छन् ।
बिहीबार विराटनगरमा राजश्व नीति तर्जुमाको सन्दर्भमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अर्थतन्त्रको महत्वपूर्ण नीतिगत पाटोको रुपमा मौद्रिक नीति रहेको र यसको जिम्मेवारी राष्ट्र बैंकलाई दिइएको बताउँदै उनले भने,’एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरियो, त्यसलाई अहिले खुकुलो गर्ने जरुरी छ। यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु ।’
उनले राष्ट्र बैंकले यस विषयलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाएको बताए ।