पाँच प्याकेजको व्यवस्था हटाए निर्माण व्यवसायीहरू आन्दोलनमा जाने

<p>काठमाडौं । सरकारले एउटा निर्माण कम्पनीले पाँच वटा मात्र ठेक्का पाउने व्यवस्था हटाउने तयारी गरेकोप्रति नेपाल निर्माण व्यवसायी महासंघले विरोध जनाएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै विरोध गरेको हो । राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकमा सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनमा उल्लेख ‘एक निर्माण व्यवसायीले पाँच वटा मात्र ठेक्का लिन [&hellip;]</p>

काठमाडौं । सरकारले एउटा निर्माण कम्पनीले पाँच वटा मात्र ठेक्का पाउने व्यवस्था हटाउने तयारी गरेकोप्रति नेपाल निर्माण व्यवसायी महासंघले विरोध जनाएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै विरोध गरेको हो ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकमा सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनमा उल्लेख ‘एक निर्माण व्यवसायीले पाँच वटा मात्र ठेक्का लिन पाउने व्यवस्था’ लाई हटाउनुपर्ने आवाज उठेको थियो ।

‘समय सापेक्ष रुपमा नियमावलीमा राखिएको उक्त प्रावधानले धेरै भन्दा धेरै काम ओगटी निर्माण कार्यलाई लथालिंग बनाउने परिपाटी लगभग अन्त्य गरी सबै खालका निर्माण व्यवसायीहरूलाई समेत कामको अवसर दिएको जगजाहेर नै छ,’ महासंघकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त प्रावधान लागु भएसँगै परियोजनाहरू समयमै सम्पन्न भएको प्रगति मूल्यांकन समेत सार्वजनिक भइसकेको बताउँदै महासंघले उक्त पाँच प्याकेजको व्यवस्था हटाइएमा देशभरका निर्माण व्यवसायीहरू आन्दोलनमा जान बाध्य हुने समेत बताएकाे छ ।

Share News