चितवनमा २२ गतेदेखि औद्योगिक एक्पो सुरु हुँदै

<p>काठमाडौं । चितवन औद्योगिक एक्पो सुरु हुने भएको छ । चितवन औद्योगिक एक्पो बैशाख २२ गतेदेखी २४ गतेसम्म हुने भएको छ । चितवनमा उद्योग संघको आयोजना साझेदारीमा एक्पो प्रदर्शनी हुने भएको छ । उक्त्त प्रदशनी बैशाख २२, २३ र २४ भरतपुरमा हुने आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, [&hellip;]</p>

काठमाडौं । चितवन औद्योगिक एक्पो सुरु हुने भएको छ । चितवन औद्योगिक एक्पो बैशाख २२ गतेदेखी २४ गतेसम्म हुने भएको छ ।

चितवनमा उद्योग संघको आयोजना साझेदारीमा एक्पो प्रदर्शनी हुने भएको छ । उक्त्त प्रदशनी बैशाख २२, २३ र २४ भरतपुरमा हुने आयोजकले जनाएको छ ।

उक्त प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी हुँदैछ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने गरी आयोजना हुन गइरहेको उक्त प्रदर्शनीको धमाधम स्टलहरु बुकिङ हुन थालेका छन् । यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

Share News