काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकमा डिपोजिटरको पैसा सुरक्षित भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले नेपालका बैंकहरुले एनिपएलाई कभर गर्न रकम छुट्याएको कारण डिपोजिटरको पाइपाइ सुरक्षित रहेको बताए । ‘अर्थतन्त्रमा उतारचढाव आए एनपीए बढ्छ, कभर गर्नका लागि बैंकहरूले आफ्नो नाफाबाट रकम छुट्याएको हुनपर्छ, जुन हाम्रो नेपाली बैंकहरुले गरिरहेका छन्,’ उनले भने ।
उनले नेपालको वित्तिय प्रणाली निकै सुरक्षित भएको बताए । गभर्नर अधिकारीले दक्षिण एसियाको अन्य देशहरूसँगको तुलना गर्दा पनि नेपालको वित्तिय अवस्था सुरक्षित भएको बताए ।