काठमाडाैं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमाथिको छलफलमा बोल्दै सदस्य देवकोटाले मुलुकमा भइरहेको भ्रष्टाचार कम हुने दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका हुन् ।
उनले बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्युनिकरणमा सहयोग पुग्ने बताए ।
‘सरकारले दुई चारवटा काम मात्रै गरिदिए पुग्छ, यसले अर्थतन्त्रमा केही राहत पनि पुग्छ । बजारमा लगानी गर्नु पर्ने पैसा घुस्याहा कर्मचारी, घुस्याहा नेता, दलाल, विचौलियाले बोरामा पैसा लुकाए राख्ने गरेका छन भन्ने सुनिन्छ, मेरो अनुरोध छ, पाँच सय र एक हजारका नोट छाप्न बन्द गरियोस्, बजारबाट सबै नोट खिचियोस्, यसले केही हदसम्म भए पनि भ्रष्टाचार नियन्त्रणमा सहयोग पु¥याउँछ,’ उनले भने ।