राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलको जमानत जफत

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बारा-२ का उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । खरेलले दुई हजार ८ सय २९ मत पाएका थिए जुन कुल मतको मात्र ४.१४ प्रतिशत हो । निर्वाचन आयोग नेपाललको अनुसार बारा-२ मा  ६९ हजार २२ मत खसेकोमा ६८ [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बारा-२ का उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ ।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । खरेलले दुई हजार ८ सय २९ मत पाएका थिए जुन कुल मतको मात्र ४.१४ प्रतिशत हो ।

निर्वाचन आयोग नेपाललको अनुसार बारा-२ मा  ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ ।

बारा-२ बाट सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन् ।

Share News