काठमाडौं । अमेरिकी राजदूत डीन आर थम्पसनले इन्टेलिजेन्स फर्म ग्रोबाईडेटा नामक संस्थाको नयाँं शाखाको उद्घाटन गरेका छन् । बोस्टन र काठमाडौंमा आधारित मार्केटिङ इन्टेलिजेन्स फर्म ग्रोबाईडेटाको नयाँं शाखाको सानेपामा उद्घाटन गरिएको हो ।
कार्यक्रममा संस्थाका व्यवस्थापकीय साझेदार प्रसन्न ढुङ्गेलले ग्राहकहरुको बृद्धिका कारण नयाँं शाखा विस्तार गर्नुपरेको बताए । नयाँ भवन विश्वसनीयता बृद्धि गर्न र क्रस–टीम सहकार्यलाई प्रवर्द्धन गर्न डिजाइन गरिएको उनले सुनाए । हामी शीर्ष मार्केटिङ फर्महरूको मार्केटिङ इन्टेलिजेन्स साझेदार बन्ने आकांक्षा राख्छौं, उनले भने, यसले उनीहरूलाई नयाँ रणनीतिहरू बनाउन समर्थन गर्न सहयोग प्रदान गर्दछ ।
ग्रोवाईडेटाको नयाँ कार्यालयको उद्घाटनले ब्लु–चिप ग्राहकहरूलाई विकसित डिजिटल मिडिया परिदृश्यमा उद्योग–अग्रणी अन्तरदृष्टि प्रदान गर्न इन्जिनियरिङ, ग्राहक सफलता र मार्केटिङमा क्रस–टीम सहयोगको महत्वलाई समर्थन गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
सन् २०१४ मा ग्रोवाईडेटा नक्सलमा एक कोठाको साझा कार्यालय स्थानबाट भएको थियो । ६ जना सदस्यहरूको टोलीसँग सुरु भएको यो संस्थामा हाल बोस्टन र काठमाडांै कार्यालयहरूबाट काम गर्ने १०० भन्दा बढीको संलग्नता रहेको कार्यक्रममा बताइयो ।
हामीले २०१४ मा केवल एक ग्राहकलाई सेवा दिन थालेका थियौं र अब आधा दर्जन एजेन्सीहरूमार्फत एक सय भन्दा बढी ब्रान्डहरूसँग सहकार्य गर्दैछौं, कार्यक्रममा संस्थाको अपरेशनका भीपी सुबिन श्रेष्ठले भने । स्थानीय समुदायलाई सहयोग गर्न धेरै सीएसआर कार्यक्रमहरूसँगै अमेरिका र नेपाल दुवै अर्थतन्त्रमा योगदान दिन पाउँदा उनले हर्ष प्रकट गरे ।
२०१४ मा स्थापित ग्रोवाईडेटाले मार्केटिङ अन्तर्दृष्टि प्रदान गर्न, आवाजको साझेदारी, मूल्य निर्धारण, प्रवर्द्धन, ग्राहक समीक्षा, प्रतिस्पर्धी गतिशीलता र अन्य डिजिटल विशेषताको रिपोर्टिङ सक्षम गर्ने जनाइएको छ । फर्मले सफलतापूर्वक विश्वव्यापी विज्ञापन एजेन्सीहरू र उनीहरूको घरेलु ब्रान्ड ग्राहकहरूलाई सेवा प्रदान गर्ने जनाइएको छ ।