
काठमाडौं । बुधबारदेखि नेपालमा सामसङको टिभी कारखाना संचालनमा आएको छ । योसँगै अब नेपालमै सामसङ एलइडि टिभिको उत्पादन सुरु भएको छ ।
गोल्छा ग्रुपले सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिकामा उद्योग स्थापना गरी सामसङ टेलिभिजन उत्पादन थालेको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सो कारखानाको उद्घाटन गरेका छन् । मन्त्री रिजालले बुधबार नवलपरासीमा नेपालका लागि कोरियाली राजदूत जोनसङ पार्कसँग संयुक्त रुपमा उक्त कारखानाको उद्घाटन गरेका हुन् ।
कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले सामसङ र गोल्छा ग्रुपको सहकार्यले आगामी दिनमा अन्य उद्योगमा पनि लगानी आउन सक्ने बताए ।
यस्तै, राजदूत जोनसङ पार्कले नेपालमा संसारकै प्रसिद्ध इलेक्ट्रोनिक सामान उत्पादन गर्ने उद्योग स्थापना हुनु गर्वको विषय भएको बताए ।