काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेहरुलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग गरेका छन्
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पु¥याउने किसिमबाट कानूनहरु निर्माण गर्न आवश्यक रहेको बताए ।
‘२, ४ करोडदेखि २, ४ अर्बसम्म भ्रष्टाचार ग¥यो भने १४ वर्षभन्दा बढी जेलमा बस्नु नपर्नेगरी यो प्रावधान राख्न खोजिएको छ, त्यो हुन सक्दैन, आजीवन जेल सजाय हुनुपर्छ त्यो भन्दा बढी पनि कारबाही गर्नुपर्छ, सर्वश्वहरण पनि गर्नुपर्छ,’ उनले भने ।
प्रमुख सचेतक गिरीले देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको र जनतामा निराशा बढेको बताए ।