काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने प्रक्रिया अगाडि बढाएका बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने ।
हाल ५/५ वर्षमा ड्राइभिङ लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था छ ।