काठमाडौं । नेपालको लागि फ्लाई दुबईका कन्ट्री म्योनेजर र एयरपोर्ट म्यानेजरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।
सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको भन्दै भ्रमपुर्ण समाचार फैलाएको भन्दै उनीहरुको पास समेत निस्कृिय गरेर विमानस्थल प्रवेशमा रोक लगाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सोमबार राति फ्लाइ दुबईको जहाजकाे एउटा इन्जिन फेलभएपछि आगोको झिल्को देखिएकाे थियाे । तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख गरिएकाे थियो ।
जसकाे प्रमाण नेपाल नागरिक उड्डयन प्राधिकरणले नभेटाएपछि भ्रम फैलाएको ठहर गर्दै फ्लाई दुबईका दुई म्यानेजरलाई कारबाही गरेको हो ।