एक वर्ष योजना बनाएर बाँकी ४ वर्ष काम गर्छौं : रवि लामिछाने

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको ५ वर्ष काम गरेर देखाउने बताए ।  मंगलबार चितवन(२ को उपनिर्वाचनमा विजय भएपछि चितवनवासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । &#8216;अबको एक वर्ष योजना बनाउँछौं, र बाँकी ४ वर्ष हामीहरु काम गरेर देखाउँछौं,&#8217; उनले भने । उनले आफ्नो कारणले भएको क्षतिलाई भष्टचार गर्नेहरुबाट उठाएर तिर्ने बताएका छन् । उनले [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको ५ वर्ष काम गरेर देखाउने बताए ।  मंगलबार चितवन(२ को उपनिर्वाचनमा विजय भएपछि चितवनवासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अबको एक वर्ष योजना बनाउँछौं, र बाँकी ४ वर्ष हामीहरु काम गरेर देखाउँछौं,’ उनले भने ।

उनले आफ्नो कारणले भएको क्षतिलाई भष्टचार गर्नेहरुबाट उठाएर तिर्ने बताएका छन् । उनले आफुबाट भएको यसअघिको त्रुटीको कारण राज्यको ढुकुटीमा भएको क्षतिको लागि माफी माग्दै यसको भरपाई आफ्नो कामबाट गर्ने बताए ।

यस्तै, उनले भोट कसरी हाल्ने भनेर सबैले चितवनवासीसँग सिक्नुपर्ने बताएका छन् ।

Share News