काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको हल्ला अहिलेसम्म प्रमाणित नभएका बताएका छन् ।
सामाजिक संजालमा स्ट्याट्स राख्दै उनले सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको हल्ला अहिलेसम्म प्रमाणित नभएका बताएका हुन् ।
मन्त्री किरातीले नकारात्मक हल्ला गर्ने बानी छोड्न पनि सबैलाई आग्रह गरेका छन् । ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं, कागले कान लग्यो भनेर कागलाई खेद्नुभन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ,मेरो आमाले भन्नु हुन्थ्यो,’ उनी लेख्छन् ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको बताएको छ ।