काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायीका अनुसार तोलामा ४ सयले सुनको मूल्य बढेको हो ।
नेपाली बजारमा बढेको सुनको मूल्य अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजारमा कारोबार भइरहेको छ ।
साथै चाँदीको मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।