१५ दिनभित्र पोलमा रहेको अनावश्यक तार हटाउन काठमाडौं महानगरको निर्देशन

<p>काठमाडौं । काठमाडौं महानगरले पोलमा छोडिएका अनावश्यक तार हटाउन सेवा प्रदायकहरुलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केवुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन निर्देशन दिएको हो । सेवा प्रदायकहरुले १५ दिनभित्र तार नहटाए १६ दिनपछि महानगरको कार्य समूहले [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरले पोलमा छोडिएका अनावश्यक तार हटाउन सेवा प्रदायकहरुलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केवुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन निर्देशन दिएको हो ।

सेवा प्रदायकहरुले १५ दिनभित्र तार नहटाए १६ दिनपछि महानगरको कार्य समूहले आफैँ तार हटाउने र यसबाट हुने असुविधाको जिम्मेवारी हुने प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए ।

‘हामीले पत्र पठाइसकेका छौँ, १५ दिनको अवधि तोकेर भोलि सार्वजनिक सूचना जारी गर्छौँ, त्यस अवधिमा पनि तार हटाउने काम भएन भने १६ दिन महानगरले कार्य समूह गठन गरेर अनावश्यक तार हटाउने काम थाल्नेछ, यसबाट लाभग्राहीमा असुविधा भए त्यसको जिम्मेवार सेवाप्रदायकले लिनुपर्नेछ,’ उनले भने ।

धेरै पटक सरोकारवाला कार्यालयका अधिकारीसँग बैठक बसेर प्रतिकुल अवस्थालाई अनुकुल बनाउन अनुरोध गर्दा पनि अपेक्षा गरिएको समयमा नतिजा नआएपछि पत्र पठाएको अधिकारीले बताए ।

‘दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक हुन्, टाँङ्दै जाँदा उब्रिएको तार पोलमा गुजुल्टो पारेर राख्ने गरिएको छ, यसले पोलले क्षमताभन्दा धेरै भार बोकिरहेको छ, तार धेरै भएपछि पोल लड्न सक्ने र तारमा आगो लागेर दुर्घटना हुन सक्ने खतरा उत्तिकै छ,’ उनले भने ।

महानगरले सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु दूर सञ्चार प्राधिकरण, सीसीटिभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल ९आईएसपीएएन० लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध पनि गरेको छ ।

Share News