
काठमाडौं । रास्वपाका सभापति तथा चितवन २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका उम्मेदवार रवि लामिछाने गत मंसिरमा भएको निर्वाचनमा भन्दा थप बढी मतान्तरले बिजय हुने सम्भावना देखिएको छ ।
पछिल्लो सार्वजनिक मतपरिणामसम्म आइपुग्दा लामिछानेले ४५ हजार आठ सय ४२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धि जित नारायण श्रेष्ठले आठ हजार चार सय २५ मत मात्रै प्राप्त गरेका छन् ।
त्यसैगरी तेस्रो प्रतिस्पर्धीको रुपमा रहेका रामप्रसाद न्यौपानेले आठ हजार तीन सय ३० मत मात्रै प्राप्त गरेका छन् । अहिलेसम्म लामिछाने ३७ हजारभन्दा धेरै मतले अगाडि छन् ।
अब मतगणना गर्न १२ हजार भन्दा कम रहेको र लामिछननेले शुरुवाती देखि प्राप्त गर्दैै आएको मत वृद्धिको प्रवृत्ति हेर्दा उनी मंसिरको तुलनामा थप बढी मतान्तरले बिजयी हुने सम्भावना देखिएको हो ।
गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा लामिछनेले ४९,२६४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४,९८३ मत प्राप्त गरेका थिए । त्यस्तै, नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४.६६७ मत प्राप्त गरेका थिए ।