तपाईंहरुले मलाई तनहुँ हुँदै मुलुककै मुहार फेर्न मतदान गर्नुभएको हो- वाग्ले

<p>काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उपनिर्वाचनमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफूलाई मतदाताले प्रदान गरेको मत मुलुककै मुहार फेर्नका लागि प्रदान गरेको बताएका छन् । उनले मतदाता र सम्पूर्ण सहयोगी तथा सुभेच्छुकहरुलाई धन्यवाद दिँदै सो बताएका हुन् । ‘यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको [&hellip;]</p>

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उपनिर्वाचनमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफूलाई मतदाताले प्रदान गरेको मत मुलुककै मुहार फेर्नका लागि प्रदान गरेको बताएका छन् । उनले मतदाता र सम्पूर्ण सहयोगी तथा सुभेच्छुकहरुलाई धन्यवाद दिँदै सो बताएका हुन् ।

‘यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु’, डा. वाग्लेले भनेका छन्, ‘यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं। १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।’

उनले अनय पार्टीका नेता तथा कार्यकर्ता र मतदाताहरुसँग पनि तनहुँ र मुलुकको अर्थतन्त्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् । बधाई शन्देशमा डा. वाग्लेले लेखेका छन्, ‘देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु ।’

Share News