काठमाडौं । कस्मिक बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल हराएको छ । कस्मिक सहकारी संस्था धनी रहेको २२० सीसीको पल्सर मोटरसाइकल हराएको जनाएको छ ।
कस्मिक बचत सहकारीको नाममा दर्ता रहेको बा.प्र. ०२–३७ प ७१९८ नम्बरको पल्सर २२० सीसीको मोटरसाइकल हराएकाले कसैले भेटाएमा सहकारी वा प्रहरीमा सम्पर्क गराउन आग्रह गरेको छ ।
मोटरसाइकलको इन्जिन नम्बर डीकेएक्ससीएमजे ३१७९९ र च्यासिस नम्बर एमडी २ए १३ इएक्स २एमसीजे ९७५५२ कालो रंगको पल्सर २२० सिसि मोडलको मोटरसाइकल रहेको सहकारी संस्थाले जनाएको छ ।
सहकारीको मोटरसाइकल भक्तपुरको सूर्यविनायक नगरपालिका १० छाप ताथलि सेल्टिमोडबाट हराएको थियो । उक्त मोटरसाइकल गत बैशाख ७ गते बिहीबारका दिन बेलुका १० बजेदेखि हराएको हुँदा फेला परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।