काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किँरातीले जहाज सुरक्षित रुपमा आफ्नो गन्तब्यमा गइरहेको बताएका छन् ।
सोमबार काठमाडौंबाट दुबईका लागि उडेको विमानमा आगलागी भएपछि आकाशमै फन्को मारिरहेको समाचार बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फ्त यस्तो धारणा राखेका हुन् ।
उनले भनेका छन्, ‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तब्यतिर जाँदैछ, कोहि चिन्ता नगर्नु होला, सबैलाई शुभयात्रा ।’
जहाजमा १२० नेपालीसहित १६७ जना यात्रु रहेका छन् ।