तेल सक्न आकाशमै फन्को मार्दैछ जहाज, फोर्स ल्याण्डिङ गरिने

<p>काठमाडौं । काठमाडौंमा दुबईका लागि उडेको विमानमा आगलागी भएपछि आकाशमै फन्को मारिरहेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार तेल सक्नका लागि जहाज आकाशमै घुमिरहेको हो । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा एक्कासी आगलागी भएपछि आकस्मिक अवतरण गराउने तयारी भइरहेको छ । तर, अवतरण गर्न सकिएको छैन । आगलागी भएको फ्लाइ [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा दुबईका लागि उडेको विमानमा आगलागी भएपछि आकाशमै फन्को मारिरहेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार तेल सक्नका लागि जहाज आकाशमै घुमिरहेको हो ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा एक्कासी आगलागी भएपछि आकस्मिक अवतरण गराउने तयारी भइरहेको छ । तर, अवतरण गर्न सकिएको छैन ।

आगलागी भएको फ्लाइ दुबइको जहाज त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्न प्रयास गरिरहेको छ। अहिले पाइलटले जहाजलाई सुरक्षित अवतरणको प्रयास गरिरहेका छन। अहिले जहाज काठमाडौं-धादिङको आकाशमा २० हजार फिटमाथि घुमिरहेको छ। एउटा इञ्जिनको सहायताले उरिहेको जहाजमा प्रर्याप्त तेल रहेको बताइएको छ ।

जहाजमा १२० नेपालीसहित १६७ जना यात्रु रहेका छन् ।

Share News