काठमाडौं । समृद्धि फाइनान्सले ‘ग्याससँगै क्यास योजना’ नामक नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
जसमा समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्युआर प्रयोग गरी ग्यासको खरिद बिक्री कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले ५० र विक्रिेताले १० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन ।
त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानिको जार खरिद गर्दा खरिदकर्ताले ५ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन ।
उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।