तनहुँ क्षेत्र नं १ मा वाग्लेको अग्रता कायमै

<p>काठमाडौं । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । हालसम्म वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् । साथै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले दश हजार दुई सय २८ मत र नेकपा ९एमाले०का सर्वेन्द्र खनालले पाँच हजार ८६६ मत [&hellip;]</p>

काठमाडौं । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

हालसम्म वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् । साथै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले दश हजार दुई सय २८ मत र नेकपा ९एमाले०का सर्वेन्द्र खनालले पाँच हजार ८६६ मत प्राप्त गरेका छन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।

Share News