चेम्बरद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे सभामुखको ध्यानाकर्षण

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ का विषयमा सभामुख देवराज घिमिरेलाई भेटेर संसदको ध्यानाकर्षण गराएको छ । सोमबार चेम्बरले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ मो निजी क्षेत्रलाई पनि दायरामा ल्याउने व्यवस्थाका विषयमा सभामुख घिमिरेलाई ध्यानाकर्षण गराएको हो । चेम्बरले राष्ट्रिय सभाबाट स्वीकृत भइ प्रतिनिधि [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ का विषयमा सभामुख देवराज घिमिरेलाई भेटेर संसदको ध्यानाकर्षण गराएको छ ।

सोमबार चेम्बरले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ मो निजी क्षेत्रलाई पनि दायरामा ल्याउने व्यवस्थाका विषयमा सभामुख घिमिरेलाई ध्यानाकर्षण गराएको हो । चेम्बरले राष्ट्रिय सभाबाट स्वीकृत भइ प्रतिनिधि सभामा विचाराधिन रहेको विधेयकमा निजी क्षेत्रलाई पनि दायरामा ल्याउने गरेको व्यवस्था नेपालको संविधान अनुकुल नहुने जानकारी गएको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल लगायतको टोलीले सभामुख घिमिरेलाई मुलुकको अर्थतन्त्रमा हाल जोखिम रहेका बेला निजी क्षेत्र थप संकुचित हुने जानकारी गराएका छन् । अध्यक्ष मल्लले प्रतिकुल असर पर्ने कानूनी व्यवस्था नगरी उद्योग व्यवसाय प्रवद्र्धन,संरक्षण गरेर निजी क्षेत्रको मनोवल उकास्नु पर्नेमा थप हतोत्साहित हुने वातावरण बनाएको भन्दै वातावरण सहज बनाउन पहल गर्न माग गरेको बताए । उनले सभामुखले व्यवसायीहरुसँगको भेटमा व्यवसायीहरुको मागमा सकारात्मक रहेको बताएका छन् ।

चेम्बरले निजी क्षेत्रले अनियमिता गरे कारबाही गर्ने छुट्टै नियामक निकायहरुको व्यवस्था रहेको भन्दै अख्तियारको क्षेत्राधिकार भित्र व्यवसायीहरुलाई पार्दा व्यवसायिक निर्णय गर्न कठिन हुने बताएको छ ।

Share News