तनहुँ-१ : स्वर्णिम वाग्लेले ५ हजार मत कटाए, भट्टराई दोस्रो स्थानमा

<p>काठमाडौं । तनहुँ १ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म गणना गरिएको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । ९ हजार २५७ मत गणना हुँदा डा.वाग्लेले ५ हजार १९ मत ल्याएर अग्रता कायम राखेका हुन् । [&hellip;]</p>

काठमाडौं । तनहुँ १ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

हालसम्म गणना गरिएको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । ९ हजार २५७ मत गणना हुँदा डा.वाग्लेले ५ हजार १९ मत ल्याएर अग्रता कायम राखेका हुन् ।

वाग्लेलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले २ हजार ३५१ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले १ हजार ५४९ मत ल्याएका छन् ।

तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो । निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् ।

Share News