काठमाडौं । अनिश्चित विद्युत कटौतीले उद्योगमा लाखौंको घाटा भएको भन्दै मोरङ व्यापार संघले आइतबार विद्युत् प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गरेको छ ।
विद्युत् कटौतीको तालिका सार्वजनिक गर्नुको साथै भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने उनीहरुको माग छ ।
संघले पटकपटक ध्यानाकर्षण गरेपनि सम्बन्धित निकायले वास्ता नगरेको कारण प्राधिकरण घेराउ गरेको जनाएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका र गोल्यन समुहका अध्यक्षसमेत रहेका पवन गोल्यानले बिना जानकारी विद्युत कटौती हुँदा आफ्नो मिललाई दैनिक ३० देखि ४० लाख रुपैयाँ घटेको बताउँछन् ।