काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ ।
संस्थाको आइतबार सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट संचालक समितिद्वारा प्रस्तावित १४.७५ प्रतिशत नगद लाभांश पारित भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको थियो ।
यस्तै, सभाले भिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।