काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा ९ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार तोलामा १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ९ हजार ३ सयमा कारोबार हुँदैछ ।
साथै, आज चाँदी तोलामा १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासघंंले जनाएको छ ।