नेपालेडाँडा परिवारद्वारा भित्तेपात्रो सार्वजनिक

<p>काठमाडौं । नेपालेडाँडा परिवार, काठमाडौंले नयाँवर्ष २०८० सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । काठमाडौं, थानकोटमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पात्रो सार्वजनिक गरेका थिए । नेपालेडाँडा परिवारले प्रकाशित भित्तेपात्रो षडानन्द नगरपालिका वडा नम्बर १ लगायत विभिन्न स्थानमा निःशुल्क वितरण गर्ने जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि [&hellip;]</p>

काठमाडौं । नेपालेडाँडा परिवार, काठमाडौंले नयाँवर्ष २०८० सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । काठमाडौं, थानकोटमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पात्रो सार्वजनिक गरेका थिए ।

नेपालेडाँडा परिवारले प्रकाशित भित्तेपात्रो षडानन्द नगरपालिका वडा नम्बर १ लगायत विभिन्न स्थानमा निःशुल्क वितरण गर्ने जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि किराँतीले पर्यटन तथा संस्कृतिको क्षेत्रमा नीति तथा केही कार्यक्रम सुधार गर्नुपर्ने र भोजपुरको पर्यटकीय क्षेत्रमा विकास गर्न भूमिका निर्वाह गर्ने बताएका थिए ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई, षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास र नेपालेडाँडा परिवारका अध्यक्ष एटम बिद्रोही लगायतले आफ्नो भनाइ राखेका थिए ।

Share News