राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

<p>काठमाडौं । आर्थिक बर्ष २०८०/८१ को बजेट ल्याउन तरखर गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा थप तिन जना सदस्य नियुक्ति गरेको छ । रायोआ स्रोत का अनुसार, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न तहमा बसेर विभिन्न विधामामा (पूर्वाधार, समग्र अर्थतन्त्र, ब्यापार, शिक्षा, अन्य) अध्ययन अनुसन्धन गर्दै आएका बरिस्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेललाई आयोगको सदस्यमा नियुक्त गरेको हो [&hellip;]</p>

काठमाडौं । आर्थिक बर्ष २०८०/८१ को बजेट ल्याउन तरखर गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा थप तिन जना सदस्य नियुक्ति गरेको छ । रायोआ स्रोत का अनुसार, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न तहमा बसेर विभिन्न विधामामा (पूर्वाधार, समग्र अर्थतन्त्र, ब्यापार, शिक्षा, अन्य) अध्ययन अनुसन्धन गर्दै आएका बरिस्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेललाई आयोगको सदस्यमा नियुक्त गरेको हो । त्यसै गरी अर्का नियुक्ति पाउने सदस्यहरुमा स्वास्थ्य क्षेत्रमा लामो समय काम गर्नु भएका विज्ञ प्रा डा आरपी विछा र प्रभु बुढाथोकी रहेका छन्। हाल प्रभु बुढाथोकी काठमाडौं बाहिर भएकोले सपथ ग्रहण हुन् सकेन ।

अष्ट्रेलिया नेशनल विश्वबिद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल हाल त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागका सह प्राध्यापक साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख भएर काम गरिरहेका थिए । राष्ट्रिय योजना आयोगले नयाँ सदस्यको नियुक्ति सँगै प्रभावकारी रुपमा नीतिगत साथै समग्र रूपमा राष्ट्रीय योजना तथा कार्यक्रमहरूको सुक्ष्म समीक्षा गरी अगाडी बढ्ने विश्वास गरिएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मिनबहादुर श्रेष्ठलाई यस अघि नै नियुक्त गरिसकेको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणको व्यस्ततामा रहेको सरकारले आयोगका तिन सदस्य आजै मात्र थप गरेको हो । थप गरिएका मध्ये २ जना सदस्यको आज शपथग्रहण कार्यक्रम सम्पन्न भएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ । सरकारले यस अघि नै डा. रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई योजना आयोगको सदस्यमा नियुक्त गरिसकेको छ । आयोगको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

Share News