आइएमई पेले सार्वजनिक गर्यो क्युआर भुक्तानी गर्ने नयाँ अभियान

<p>काठमाडौं । आइएमई पेले क्युआर भुक्तानी गर्नेलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । आइएमई ग्रुप अन्तर्गत &#8216;आइएमई डिजिटल सोलुसन लिमिटेड&#8217; को &#8216;आइएमई पे&#8217; ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्नु [&hellip;]</p>

काठमाडौं । आइएमई पेले क्युआर भुक्तानी गर्नेलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्नु हुने ग्राहकवर्गले फ्रष्ट क्युआर प्रोमोकोड प्रयोग गरी २५ क्यासब्याक प्राप्त गर्नेछन् । सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तिय साक्षरता प्रदान गर्ने उदेश्यले सुचारु गरिएको हो ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।

Share News