विद्युत प्राधिकरण घेराउ गर्ने व्यापारीहरुको घोषणा

<p>काठमाडौं । अनिश्चित विद्युत कटौतीको कारण दैनिक लाखौंको घाटा भएको भन्दै पुर्वका व्यापारीहरुको संगठन मोरङ व्यापार संघका व्यापारीहरुले आन्दोलनको घोषण गरेका छन् । संघले एक सूचना जारी गर्दै यस अन्तर्गत वैशाख १० गते आइतबार नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रीड शाखा घेराउ गर्ने भएको छ । संघले पटकपटक ध्यानाकर्षण गरेपनि सम्बन्धित निकायले वास्ता नगरेको कारण घेराउ गर्ने [&hellip;]</p>

काठमाडौं । अनिश्चित विद्युत कटौतीको कारण दैनिक लाखौंको घाटा भएको भन्दै पुर्वका व्यापारीहरुको संगठन मोरङ व्यापार संघका व्यापारीहरुले आन्दोलनको घोषण गरेका छन् ।

संघले एक सूचना जारी गर्दै यस अन्तर्गत वैशाख १० गते आइतबार नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रीड शाखा घेराउ गर्ने भएको छ ।

संघले पटकपटक ध्यानाकर्षण गरेपनि सम्बन्धित निकायले वास्ता नगरेको कारण घेराउ गर्ने कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका र गोल्यन समुहका अध्यक्षसमेत रहेका पवन गोल्यानले बिना जानकारी विद्युत कटौती हुँदा आफ्नो मिललाई दैनिक ३० देखि ४० लाख रुपैयाँ घटेको बताए ।

उनले देशको विद्युत् आपूर्तिको अवस्था यस्तो हुँदा औद्योगिकीकरणको कुरा किन गरिरहेका छौं भन्दै प्रश्न गरे ।  ‘अनिश्चित ६र८ घण्टा विद्युत् कटौती हुँदा हाम्रा स्पिनिङ मिललाई दैनिक करिब ३र४ लाख रुपैयाँ नोक्सान भइरहेको छ,’ उनले भने ।

Share News