उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द हुने तर पृथ्वी राजमार्ग खुल्ला रहने

<p>काठमाडौं । वैशाख १० गते गोरखामा रहेको मनकामना केबलकारको सेवा बन्द हुने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको दिन केबलकार बन्द हुन लागेको हो । मतदानको दिन केबलकार सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्ने हुँदा उक्त दिन मनकामना केबलकार बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएकाे हाे । [&hellip;]</p>

काठमाडौं । वैशाख १० गते गोरखामा रहेको मनकामना केबलकारको सेवा बन्द हुने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको दिन केबलकार बन्द हुन लागेको हो ।

मतदानको दिन केबलकार सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्ने हुँदा उक्त दिन मनकामना केबलकार बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएकाे हाे ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएकाे मनकामना केबलकार दर्शन प्रालिले जनाएकाे छ । केवरकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्दछ ।

वैशाख ११ गते देखि केबलकार पुन: सञ्चालनमा आउने मनकामना दर्शनले जनाएको छ ।

मनकामन केबलकार बन्द रहे पनि पृथ्वीराजमार्ग भने खुला रहने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए ।

चितवनकाे धेरै मागमा रहेका राजमार्ग खुला हुने तर गाेर्खामा रहेकाे केबलकारकाे बेस स्टेशन मात्र चितवनमा पर्दा पनि केबलकार बन्द गराउने जिल्ला प्रशासनकाे निर्णय विराेधाभास पूर्णरहेकाे जानकारहरू बताउँछन् ।

Share News