माछापुच्छ्रे बैंकले धितोमा राखिएको कार बेच्दै

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको नेपालगंज शाखा कार्यालयबाट ऋणी नेपालगंज युनाइटेड हेल्थ केयर प्रालिका सञ्चालक रजनी शाही (के.सी.)लाई कर्जा चुक्ता गर्न तोकता गरेपनि [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

बैंकको नेपालगंज शाखा कार्यालयबाट ऋणी नेपालगंज युनाइटेड हेल्थ केयर प्रालिका सञ्चालक रजनी शाही (के.सी.)लाई कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंक धनी भएको ऋणी नेपालगंज युनाइटेड हेल्थ केयर प्रालिको नाममा दर्ता कायम बाग्मती प्रदेश ०१०२५ च ४०५४ नम्बरको भिटारा ब्रेजा कम्पनीको कार बिक्रीमा राखिएको हो ।

साथै, ऋणी नेपालगंज युनाइटेड हेल्थ केयरको नाममा मालपोत कार्यालय नेपालगंजमा दर्ता कायम रहेको नेपालगंज १४ स्थित २०५.५० वर्गमिटरका कित्ता नम्बर ५७, ५८, ५९ र ६० को जग्गा र जग्गामा बनेका घर पनि बिक्री गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

Share News