काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको कायम मुकायम (कामु) कार्यकारी निर्देशकमा जया लोहनी भएकी छिन् । कम्पनीको संचालक समितिको बैठकले लोहनीलाई मंगलबार कामु कार्यकारी निर्देशकमा गरेको हो ।
लोहनीसँग नेपाल ग्रामीण विकास संस्थामा काम गरेको दुई दशकभन्दा लामो अनुभव छ । यो संस्था राष्ट्र उत्थान लघुवित्तको मूल प्रवर्द्धक हो ।
उनी आशा लघुवित्त वित्तीय संस्थासँग गाभिए पश्चात बन्ने राष्ट्र आशा लघुवित्त वित्तीय संस्थाको कार्यकारी निर्देशक रहने छिन् ।