
काठमाडौं । प्रभु क्यापिटलले मातातीर्थ औँसीको अवसरमा विशेष अफर ल्याएको छ । क्यापिटलले यस अवसरमा लगानी व्यवस्थापन सेवामा वार्षिक शूल्क नलाग्ने र प्रोफिट सेयरिङमा ५० प्रतिशत छुट दिने बताएको छ ।
क्यापिटलका अनुसार यो अफर बैशाख महिना सम्म संचालनमा रहने छ । यो अवधिभित्र लगानी व्यवस्थापन सेवामा आवद्ध हुने ग्राहकहरुले यस लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क तथा प्रोफिट सेयरिङमा ५० प्रतिशत छुट पाउन सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ३ लाख रुपैयाँ ग्राहकले क्यास, आफ्नो सेयर पोर्टफोलियो, अथवा क्यास र सेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।
क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेलमार्फत् पाउने व्यवस्था प्रदान गरिरहेको छ ।
ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत् पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।