नेपाल एसबिआई बैंकको नाफा साढे १ अर्ब, सीडी रेसियो ह्वात्तै घट्यो

<p>काठमाडौं । नेपाल एसबिआई बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सो नाफा गरेको हो । यसबाट बैंकले प्रोभिजन भने छुट्याउन बाँकी छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकले [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सो नाफा गरेको हो । यसबाट बैंकले प्रोभिजन भने छुट्याउन बाँकी छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको थियो भने १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

यस्तै, बैंकको खराब कर्जा ०.८ र सीडी रेसियो ८३ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.१४ प्रतिशत र सीडी रेसियो ९५.३५ प्रतिशत थियो । बैंकले सीडी रेसियो ह्वात्तै घटाउन सफल भएको छ ।

Share News