परम्परागत वैदेशिक लगानी कम गरी नयाँ औजार प्रयोग गर्छाैं : अर्थमन्त्री डा. महत

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी गर्न अन्तर्राष्ट्रिय क्षेत्रका लगानीकर्तालाई आग्रह गरेका छन् । स्वीस राजदुत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई)का प्रतिनिधिहरुसँग भेट गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका हुन् । उनले विदेशी संस्थालाई नेपालमा लगानी विस्तारका लागि [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी गर्न अन्तर्राष्ट्रिय क्षेत्रका लगानीकर्तालाई आग्रह गरेका छन् । स्वीस राजदुत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई)का प्रतिनिधिहरुसँग भेट गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका हुन् ।

उनले विदेशी संस्थालाई नेपालमा लगानी विस्तारका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको समेत बताए ।

‘नेपालको विकासमा नीजि क्षेत्रको पूँजी र कर्जा विस्तार गरी लगानी बढाउन छलफल भइरहेको छ, प्रक्रिया र नीतिगत सहजीकरण गर्न सरककार तयार छ,’ उनले भने ।

लगानी आकर्षित गर्ने विषयमा डिएफआईका प्रतिनिधिहरुले ६ वटा सुझाव प्रस्तुत गरेका थिए । मन्त्री डा.महतले डिएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नीयमन संयन्त्रको बारेमा मन्त्री महतले जानकारी गराएका थिए ।

‘लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको छ, यो क्षेत्रमा धेरै प्रगती पनि हासिल भएको छ,’ उनले भने ।

सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेकाले अब परम्परागत वैदेशिक सहायताहरु कम गरी विकासका लागि नयाँ औजारहरु लिएर अगाडी बढ्ने उनको भनाइ छ ।

Share News